निर्धनले सम्झौता कार्यान्वयन नगरेको भन्दै ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल, २९ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिष्ठान स्तरको ट्रेड युनियनले विभिन्न ७ सुत्रीय माग सहित ब्यवस्थापन समक्ष ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै युनियनका महासचिव कुशलबाबु नेपालले विभिन्न समयमा कर्मचारीसँग गरेका सम्झौता ब्यवस्थापन पक्षले नजरअन्दाज गरेको भन्दै यसपटक पनि मागहरु सम्बोधन नगरे चरणवद्ध आन्दोलन घोषणा गर्न युनियन बाध्य हुने बताएका छ्न ।  युनियनले कर्मचारीको सरुवा बढुवा समयमा हुनुपर्ने, आर्थिक सहित नीतिगत कुरालाई पारदर्शी र व्यवस्थित गर्न पनि माग गरेको छ । उता, संस्थाका नायव महाप्रवन्धक राजनारायण दासले ज्ञापन पत्र बुझ्दै ब्यवस्थापन पक्षले युनियनले अगाडि सारेका मागहरू समयमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तीन दिन सम्म चलेको बैठकमा युनियनले प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तसँग बसेर निकास निकाल्न लचकता देखाउँदा समेत प्रमुख पन्त सम्पर्कमा नआएपछि युनियन पदाधिकारी आक्रोशित भएका थिए ।