अश्वत्थामाले मागे भगवान् श्रीकृष्णसँग सुदर्शन चक्र, यस्तो थियो कारण

प्रकाशित मिति:

एजेन्सी – प्रत्येक मानिस आफ्नो जीविकाका लागि केही न केही गरेर पनि अझ बढी लाभ पाउने आशा राख्छन् । अनि केही मानिस चाहिँ काम नगरिकनै सुखसुविधा चाहन्छन् । महाभारतमा श्रीकृष्ण र अश्वत्थामासँग जोडिएको एउटा प्रसंग छ । यो प्रसंगमा जीवन व्यवस्थापनको सूत्र पनि लुकेको छ । एकचोटि पाण्डव र कौरवका गुरु द्रोणाचार्यका छोरा अश्वत्थामा द्वारिका गए । भगवान् श्रीकृष्णले उनको स्वागत गर्नुभयो र उनलाई अतिथिका रूपमा महलामा राखे ।

केही दिन त्यहाँ बसेपछि एक दिन अश्वत्थामाले श्रीकृष्णलाई भने, ‘तपाईं मेरो अजेय ब्रह्मास्त्र लिनुस् र त्यसको साटो सुदर्शन चक्र दिनुस् ।’श्रीकृष्णले अश्वत्थामालाई भन्नुभयो, ‘ठीक छ, मेरो कुनै पनि अस्त्र लगे हुन्छ । मलाई त्यसको साटो केही पनि चाहिँदैन ।’ अश्वत्थामाले भगवानको सुदर्शन चक्र उठाउने प्रयास गरे तर त्यो टसमस भएन । उनले निकै प्रयास गरेपनि असफलता हात लाग्यो ।

अश्वत्थामाले थाकेर हार मानेपछि भगवानले उसलाई अतिथिको सीमाका बारेमा सम्झाउनुभयो । आफ्नो सामर्थ्य बाहिरको कुनै कुरा माग्नुहुँदैन भन्नुभयो । श्रीकृष्णले भन्नुभयो, ‘यो चक्र मलाई अत्यन्त प्रिय छ । मैले यसलाई १२ वर्षसम्म घोर तपस्या गरेको पाएको हुँ । तिमीले त्यसलाई कुनै प्रयास नै नगरी सजिलै मागिदियौ ।’

श्रीकृष्णले यस्तो भन्दा अश्वत्थामा निकै लज्जित भए । उनी कुनै पनि शस्त्र अस्त्र नलिइकनै द्वारिकाबाट हिँडे । यसबाट के पाठ सिक्न सकिन्छ भने प्रयासको अनुपातमा नै फलको आशा गर्नुपर्छ । अनि कसैसँग केही कुरा माग्दा आफ्नो मर्यादालाई ध्यान दिनुपर्छ ।