रोजगारीका लागि स्वदेशमै निती बनाई अघि बढ्ने मन्त्रि बरालको भनाई

प्रकाशित मिति:

सामाजिक विकास मन्त्रि सुदर्शन बरालले युवाहरु राष्ट्र निर्माणको आधार भएको बताउदै उनिहरुको समस्याको विषयमा प्रदेश सरकार गम्भिर रहेको बताउँनु भएको छ । युवाहरुमा वेरोजगारीको समस्या विकराल भएको बताउदै सकभर युवालाई स्वदेशमै रोजागारीको व्यवस्था गर्ने निति बनाईने बताउँनु भयो । युवा दिवशको अवसरमा सामाजिक विकास मन्त्रालयले आईतवार बुटवलमा आयोजना गरेको युवा सरोकार केन्द्रित अन्तरक्रिया कार्यक्रमा मन्त्री बरालले वैदेशिक रोजगारीमा जानेलाई रोक्न नसकिने तर राजगारीको लागि विदेशीन वाध्य हुने परिस्थितीको अन्त्य गर्न सकिने बताउँनु भयो । विदेश गएका युवाहरुको सिप र प्राविधिक ज्ञानलाई स्वदेशमै प्रयोग गरेर मुलुकको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको उँहाले बताउँनु भयो । सामाजिक विकास मन्त्रालयले विदेशमा सिकेको सिपलाई प्रयोग गर्ने गरी युवामैत्रि निति बनाउने बताउँनु भयो । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न युवा वर्गसंग सहकार्य गरिने मन्त्रि वरालले बताउँनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं प्रवक्ता मित्र मणि खनालले रंगशाला वाहेक ५ करोड ४२ लाख रुपैया युवा लक्षित बजेट तयार भएको बताउदै अन्तरक्रियावाट आएको सुझावको आधारमा रणनैतिक योजना तयार पारिने जानकारी दिनु भयो ।
सचिव थानेश्वर ज्ञवालीले प्रदेश नं ५मा युवाहरुको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दे प्रदेशमा १७ लाख ८१ ह्जार ८ सय १० युवाको जनसंख्या रहेका जानकारी दिनु भयो । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख हरिहर घिमिरे, युवा तथा खेलकुद शाखाका अधिकृत वेगम केसी, प्रदेश नं ५का अन्तर्गतका १२ जिल्लाका युवा जनप्रतिनिधी, राजनितिक दलका युवा संगठनका प्रतिनिधि, युवा सम्वन्धी काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले युवाहरुलाई आर्थिक विकासमा जोड्ने गरी निति बनाउन सुझाव दिएका थिए ।