ट्रम्पले भने– किमको सुन्दर पत्र प्राप्त भएको छ

प्रकाशित मिति:

वाशिङ्टन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको अत्यन्तै सुन्दर पत्र प्राप्त भएको बताएका छन् । ह्वाइट हाउसमा उनले किमको सुन्दर पत्र आफूलाई प्राप्त भएको बताए पनि पत्रमा लेखिएको सन्देश भने खुलाएनन् ।

किममाथि विश्वास कायम राख्ने संकेत गर्दै ट्रम्पले उत्तर कोरियाली शासकले आफ्नो कुरा कायम राख्नुपर्ने बताए । ट्रम्पले उत्तर कोरियाली शासक किम र आफूबीच प्रेम गाँसिएको समेत बताए । भियतनामको हनोईमा गत फेब्रुअरीमा सम्पन्न शिखर वार्ता असफल भएको बारेमा अनेक अनुमान भइरहँदा ट्रम्पले आफू तेस्रो शिखर बैठकका लागि तयार रहेको बताए । उनले उत्तर कोरियासँगको कूटनीतिक सम्बन्धमा सफलता मिलेको दाबी गर्दै कुराकानी सही दिशामा अगाडि बढी रहेको जिकिर गरे ।  –नवभारत टाइम्सबाट