अमेरीका वस्ने नेपाली द्धरा पीडीतलाई रकम हस्तान्तरण

प्रकाशित मिति:

सबलपोष्ट । देवचुली नगरपालिकाको नवलपुरमा केही समय अघी आएको हावाहुरीको कारणबाट क्षति भएका भौतिक संरचनाको पिडित पक्षलाई राहत स्वरूप आर्थिक सहयोग वितरण गरीएको छ ।

सहयोग बीतरण कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख श्री पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा र विशेष उपस्थिति उप – प्रमुख श्री पार्वती तिवारीको रहेको थियो । हावाहुरीका लागी नेविसंघ अमेरीकाका अध्यक्ष प्रभातराज सापकोटा र उमापती भुसालको नेतृत्वमा नवलपुर समाज एनआरएन मार्फत  अमेरिका र क्यानडा बस्ने  ६० जना नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अमेरिकी डलर ४ हजार २ सय ७६ अर्थात नेपाली रु ४ लाख ७४ हजार २ सय २० रुपैया नगद रकम जम्मा गरि सहयोग नेपाल पठाईएका थियो ।