छुट्टा छुट्टै घटनामा परि दाङमा तीन जनाको मृत्यु

२७ श्रावण २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


छुट्टा छुट्टै घटनामा परि दाङमा तीन जनाको मृत्यु भएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नं. ७ बोगटी भन्ने स्थानमा आइतवार मध्यान्ह १२ बजेतिर भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन् । रा २ प ५६७१ नं.को मोटरसाईकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका वडा नं. ५ बाँका निवासी अन्दाजी ३६ बर्षीया मोहनी चौधरीको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुर्घटनामा परि मोटरसाईलक चालक अन्दाजी ३८ बर्षीय मोहन चौधरी गम्भीर घाइते हुनु भएको छ । उहाको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार जारी रहेको छ । तुलसीपुर तर्फ आउँदै गरेको मोटरसाईकल अनियन्त्रित भइ नालीमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । यत्ता ग्वारखोलामा आएको बाढीले बगाउँदा तुलसीपुरमा एकजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी ४५ बर्षीय परशुराम चौधरीको मृत्यु भएको ईप्रका तुलसीपुरका प्रमुख सापकोटाले जानकारी दिनु भयो । शनिवार साँझ सुसुरालीबाट फर्किने क्रममा चौधरीलाई खोलाले बगाएको थियो । उहाको शव तुलसीपुर– भोजपुर सडक खण्डको पुल नजिकै आइतवार मध्यान्ह ः तिर फेला परेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाहीमा ८ बर्षीय अभिशेक चौधरीको मृत्यु डुवेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ ः ४० बजे स्थानीय कुलोमा आएको बाढीले बगाउँदा चौधरीको मृत्यु भएको डिएसपी सापकोटाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…