विषालु च्याउ खानेहरुको अवस्था अझैं गम्भीर

२९ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
35 Shares


पाल्पा-पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यही जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन सिं, धनकुमारी सिं, निसा सिं ठकुरीको आइसियु र निरुता सिंको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै ४५ वर्षीय पुरन खाम्चाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा क्षेत्र नं–१ का सांसद दलबहादुर रानाले गृहमन्त्रालयबाट निर्णय गराइ बिरामीको निःशुल्क स्वास्थ्य उपचार सेवाको पहल भएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकलाई उचित राहत तथा बिरामी सबै स्वास्थ्योपचार सरकारले व्यहोर्ने गरी पहल अगाडि बढेको बताए ।नजिकैको जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएका निस्दी–३ का ११ जना बिरामी मध्ये स्थानीय नौ वर्षका निर्मला ठकुरी र चार वर्षका विष्णुसिं ठकुुरीको ज्यान गएको थियो । नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद