मस्कोमा प्रदर्शन गर्ने ९४ जना प्रदर्शनकारी पक्राउ

प्रकाशित मिति:

एजेन्सी –रुसको राजधानी मस्कोमा प्रदर्शन गर्ने ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।निर्दोष पत्रकारलाई दोषी प्रमाणित गर्न खोज्ने प्रहरी अधिकारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले राष्ट्रपति भ्लालिमिर पुटिनका आलोचक पत्रकार इभान गोलुनोभलाई यसअघि लागूऔषध कारोबारमा संलग्न रहेको अभियोग लगाएको थियो । चर्को दबाबपछि उनीमाथिको अभियोग फिर्ता लिइएको थियो ।योसँगै पत्रकारका समर्थकहरुले झुठो अभियोग लगाउन खोज्ने प्रहरी अधिकारीको विरोधमा प्रदर्शन गरेका थिए ।

अधिकारीले उक्त प्रदर्शन गैरकानूनी हुने चेतावनी दिएपनि प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई नियन्त्रण लिइएको हो । रुसमा प्रदर्शन निकै दुर्लभ रुपमा हुने गरेको छ भने यस्ता प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको छ ।