उड्ने ट्याक्सीको परीक्षण मेलबर्नमा गरिने

प्रकाशित मिति:

एजेन्सी /सिड्नी– अमेरिकी ट्याक्सी सेवा प्रदायक कम्पनी उबरले उड्ने ट्याक्सीको अस्ट्रेलियामा परीक्षण गर्ने भएको छ ।उबरले अमेरिकाबाहिर आफ्नो पहिलो उड्ने ट्याक्सीको परीक्षणका अस्ट्रेलियाको दोश्रो ठूलो शहर मेलबर्नमा गर्ने भएको हो ।

यसअघि संयुक्त अरब इमिरेट्सको दुबई शहरमा उड्ने ट्याक्सीको परीक्षण गर्ने उबर जनाइएपनि केही ढिला भएकाले त्यसलाई रद्द गरी मेलबर्नमा परीक्षण गर्न लागिएको हो ।उबरले सन् २०२० पछि मेलबर्नसहित अमेरिकी शहरहरु लस एन्जल्स तथा डालसबाट उबर एअर नामक चालकरहित ट्याक्सीको परीक्षण गर्ने जनाएको छ ।उबर एअरको व्यावसायिक उडान भने सन् २०२३ बाट शुरु हुने जनाइएको छ ।