जिल्लाका सरकारी कार्यालयलाई सञ्चारमैत्री बनाउने नवआगन्तुक प्रजिअ पोख्रेलको प्रतिबद्धता

प्रकाशित मिति:

कपिलवस्तु जिल्लामा सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले जिल्लाका सरकारी कार्यालयलाई सञ्चारमैत्री बनाउने प्रतिबद्धता जनाउनु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा कर्मचारी मिलन केन्द्रमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै उहाले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चार माध्यम र सञ्चारकर्मीले शुसासन, जवाफदेहिता र पारदर्शिताका बिषयमा बनाउने समाचारमा आफनो पुर्ण साथ र सहयोग रहने उहांले बिश्वास दिलाउनु भयो । जिल्लाका सम्पुर्ण सरकारी निकायलाई जवाफदेही र शुसासन युक्त बनाउन कुनै कसर नराखिने बताउदै सबै सरकारी निकायलाई सञ्चारमैत्री बनाउने उहाले बताउनु भयो । कार्यक्रममा सञ्चारकर्मीले राखेको नदीजन्य पदार्थको चोरी निकाशी र दोहन नियन्त्रण गर्ने बिषयमा उनले स्थानिय तह सँग समन्वय गरि त्यस्ता गतिबिधी नियन्त्रण गरिने जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक अनन्त कुमार ढकाल, शसस्त्र प्रहरी २८ नम्बर गणका शसस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, सहायक प्रजिअ रामेश्वर अर्याल, पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरी र जिल्ला अध्यक्ष डिलाराम भुसाल सहितका सञ्चारकर्मीको सहभागीता रहेको थियो ।