रेल चढेर प्रधानमन्त्री ओली फ्रान्स प्रस्थान

प्रकाशित मिति:

काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतबाट फ्रान्स प्रस्थान गरेका छन् ।बुधबार विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली लण्डनबाट रेलमार्ग प्रयोग गरी फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेका हुन् । फ्रान्सका प्रधानमन्त्री एदुआर्द फिलिपको मैत्रीपूर्ण निमन्त्रणामा फ्रान्सको भ्रमणका लागि निस्केका हुन् ।

यसअघि बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरिजा मे, बेलायती राजकुमार ह्यारीसहित विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । त्यस्तै, उनले अक्सफोर्ड युनियनमा सम्बोधन समेत गरेका थिए ।