शैलजा आर्चायले गरेको निष्ठाको राजनीति अनुकरणीय

प्रकाशित मिति:

बुटवल -नेपाली काँग्रेसका स्वर्गीय नेता शैलजा आर्चायले गरेको निष्ठाको राजनीति अनुकरणीय रहेको बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन।स्वर्गीय नेता आर्चायको दशौ स्मृति दिवशमा नेपाल महिला संघ रुपन्देहीले बुटवलमा आयोजना गरेकोकार्यक्रममा बोल्ने बक्ताहरुले स्व आर्चायले देखाएको निष्ठा र आदर्शको मार्गमा अगाडी बढनु पर्नेमा जोड दिएका हुन ।

महिला संघका सभापती गंगा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका उपसभापती फणिन्द्र शर्मा, सचिव रामकृष्ण खाँण,महासमिति सदस्य युवाराज गीरी,बालकुमारी भण्डारी, नगर सभापती खेलराज पाण्डे,जिल्ला सदस्य माया गौतम, क्षेत्रीय सहसचिव लक्ष्मी जोशी, पार्वती थापा,जमुना ढकाल,मिना जिसी,गंगा पन्थी लगायतले बोल्दै नेतृ आर्चायले देखाएको निष्ठा र आदर्शको राजनीति अनुकरणीय रहेको बताएका हुन ।

नेपाली काँग्रेसलाइ समावेसी बनाउन र महिला हक हितका सवालमा स्वर्गीय नेतृ अर्चायले खलेको प्रेरणादायि भुमीकाको स्मरण गर्दै उनीहरुले पार्टीलाइ बलियो बनाउन महिला सहभागीतालाइ अहिले पनि विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमीका खेल्नु भएकी काँग्रेस नेतृ आर्चायले २०१७ सालमा राज महेन्द्रलाइ कालो झण्डा देखाए पछि ३ बर्ष जेल जिवन बिताउनु भएको थियो ।२०४८ सालको आम निर्वाचनमा मोरङबाट प्रतिनिधि सभामा निर्वाचित भइ कृषि वन तथा भु–संरक्षण मन्त्री र२०५३ सालमा उपप्रधानमन्त्री समेतबन्नु भएको थियो ।
विपि कोइरालाकै छत्रछायामा रहेर राजनीतिक यात्रा सुरु गर्नु भएकी आर्चाय २०३३ मा वीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै विपी सगै नेपाल फर्कनु भएको थियो । देशमा महिला अधिकारका मुद्या स्थापित गराउन पनि नेतृ आर्चायको महत्वपुर्ण योगदान छ । मुलुकी ऐनको एघारौ संसोधन ल्याउन नेतृ शैलजाको ठुलो देन छ ।पार्टीलाइ समावेसी बनाउदै महिलालाइ नेतृत्व तहमा पुरयाउनु पर्छ भन्ने सवाल नेतृ आर्चायले नेपाली काँग्रेस भित्र सुरु देखि नै उठाउदै आउनु भएको हो । बिक्रम सम्बत २००१ सालमाा मोरङमा जन्मनु भएकी आर्चायको २०६७ सालमा काठमाडौमा निधन भएको हो ।