हवाई आक्रमणबाट ५ सैनिकको मृत्यु, ७ जना घाइते

प्रकाशित मिति:

एजेन्सी -अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा हवाई आक्रमणमा ५ जना सैनिकको मृत्यु भएको जनाइएको छ ।बुधबार बिहान २ बजे आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा ५ जना सैनिक मारिनुका साथै अन्य ७ जना घाइते भएका छन् ।

अफगानिस्तानमा गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।