नयाँ हिरोलाई सिकाउन मनपर्छ’: साम्राज्ञी

प्रकाशित मिति:

काठमाडौँ -अहिलेकी सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह छानेर फिल्म गर्ने गर्छिन् । सकभर वर्षमा दुईभन्दा बढी फिल्म गर्दिनन् । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ ले नसोचेको सफलता दिलाएपछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छ । ठूला ब्यानरको फिल्म हातमा टुटेका छैनन् । मुख्य भूमिकामा खेलेरै फिल्मलाई काँध हालेर हिँड्न सक्ने ल्याकत छ, उनमा । यसैले त उनलाई ह्यान्डसम पारिश्रमिक तिर्न निर्माता सोच्दैनन् ।

आधा दर्जनको आसपासमा फिल्ममा काम गरिसकेकी उनी करीब एक वर्षपछि ठूलो पर्दामा फर्किँदैछिन् । उनी अभिनीत नयाँ फिल्म ‘मारुनी’ आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । दोस्रो पटक साम्राज्ञीले नवलको एक्सन कटमा काम गरेकी हुन् । यसअघि नवलको ‘मंगलम’ मा उनको अतिथी भूमिका थियो । साम्राज्ञीले अहिलेसम्म कुनै नायकसँग दोहोर्‍याएर काम गरेकी छैनन् । ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ, ‘इन्टु मिन्टु लण्डनमा’ मा धिरज मगर, ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, ‘कायरा’ मा आर्यन सिग्देलसँग उनले रोमान्स गरिन् । हाल उनी फिल्म ‘रातो टिका निधारमा’ मा अंकित शर्मासँग रोमान्स गरिरहेकी छन् । प्रायः उनको जोडी नयाँ हिरोसँग बाँधिने गरेको छ । उनी अभिनीत फिल्मबाट केही ‘स्टार’ पनि जन्मिए( सलिनमान र धिरज ।

उनी सधैं आफू को(एक्टरलाई सिकाउने गरेको बताउँछिन् । मंगलवार फिल्म ‘मारुनी’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘मैले पहिला नयाँ कलाकारहरुसँग काम गर्दै आइरहेको थिएँ । मैले सिकाइरहनु पर्थ्यो । र, मलाई सिकाउन एकदमै मनपर्छ ।’ ‘मारुनी’ मा आफ्नो को(एक्टर पुष्पसँग काम गर्न भने निकै सजिलो भएको उनको अनुभव छ । आफूहरुको केमेस्ट्री पनि मिलेको उनी बताउँछिन् ।उनी पुष्पको तारिफ गर्दै अगाडि भन्छिन्, ‘फिल्ममा केही गहिरो भाव बोकेका लामा(लामा सिनहरु थिए । एक्सनको रियाक्सन पाउनका लागि आफ्नो अपोजिट पार्टनर एकदमै बलियो हुनुपर्छ । ऊ बलियो भयो भने मैले पनि ‘बेस्ट’ दिन सक्छु । पुष्पसँग मलाई यति सहज भयो कि, कुनै अप्ठ्यारो सिन गर्न पनि गाह्रो भएन । ऊसँग काम गर्न पाउँदा एकदमै खुसी छु ।’ पुष्पले पनि साम्राज्ञीसँग काम गर्दा रमाइलो भएको बताए । योे फिल्ममा रेविका गुरुङको पनि अभिनय छ ।