थ्रिलर कथामा ‘पायल’ बन्ने

प्रकाशित मिति:

काठमाडौँ -दिनेश लिङ्देनको निर्देशनमा थ्रिलर कथामा फिल्म ‘पायल’ बन्ने भएको छ । यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ । शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु हुने फिल्म काठमाडौं उपत्यकासँगै पूर्वका विभिन्न ठाँउहरुमा छायांकन गरिने निर्देशक लिङ्देनले जानकारी दिए ।

फिल्मका लेखक समेत रहेका लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर फिल्म बनाउन लागेको बताए । कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरीलगायतको अभिनय रहनेछ । फिल्मका लागि नव नायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।