चक्र्पातको डर :भारतको गुजरातमा चक्रपातको डरले पाँच सय गाउँ खाली

३० जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
101 Shares


काठमाडौं / भारतको गुजरातमा चक्रपातको डरले पाँच सय गाउँ खाली गरिएको छ । अबर सागरबाट उठेको आँधी १८० किलोमिटरको रफ्तारमा आइरहने दावीसहित खतराबाट बच्न पाँच सय गाउँ खाली गरिएको हो ।तीन लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको बताईएको छ । बिहीबार गुजरातको द्धारका र वेरावलको बीचको क्षेत्रमा चक्रपात ठोक्किन सक्ने अनुमान मौसम विभागको छ ।

विभागले ९ जिल्लाहरु कच्छ, जामनगर, जूनागढ, द्धारका, पोरबन्दर, राजकोट, अमरेली, भावनगर र सोमनाथका लागि हाइअलर्ट जारी गरेको छ ।बुधबार रातिसम्म तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । त्यो क्रम जारी रहेको बताइएको छ ।पोरबन्दर, दीव, भावनगर, केशोद र कान्डला एयरपोर्ट बिहीबार रातिसम्मै उडानका परिचालन बन्द रहने भएको छ ।गृहमन्त्री अमित शाहका अनुसार अकेले दीपा १० हजार मानिसलार्य सुरक्षित स्थानमा लगिदैछ ।राष्ट्रिय आपत् प्रवर्धनका ५२ वटा टिम तैनाथ गरिएको छ । पश्मि रेलवेले ४० ट्रेन रद्ध गरेको छ । २८ ट्रेनको यात्रादूरी कम गराइएको छ ।तट रक्षक बलका ९ हेलिकोप्टर तैनाथ गरिएको छ । नौसेनाको ट्रान्सपोर्टर एयरक्राफ्ट पनि तैनाथ गरिएको छ ।उक्त क्षेत्रका शैक्षिक संस्थाहरु शुक्रबारसम्म बन्द गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस