दुखद खबर ,साउदी अरबमा नेपालीलाई मृत्युदण्डको फैसला

प्रकाशित मिति:

काठमाडौँ /आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए। उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ।

सावृजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको छ । अदालतले पिडीत पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ।दाहालको जीवन बचाउन रिहादस्थित नेपाली दुतावासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।