दक्षिण कोरियाको गोल्डेन भिसा कसरी पाउन सकीन्छ ।

प्रकाशित मिति:

काठमाडौं– दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम विश्वकै उत्कृष्ट मानिन्छ । विश्वको १३ औं ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाली राहदानी पनि विश्वको सबैभन्दा शक्तिशाली मानिन्छ । दक्षिण कोरियाको राहदानी वाहकले विश्वका १८९ मुलुकमा बिना झन्झट भ्रमण गर्न सक्छन् । विद्युतीय तथा अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रको तीब्र विकास गरिरहेको दक्षिण कोरियाको गोल्डेन भिसा योजनाबाट धेरै विदेशीहरु लाभान्वित हुँदै आइरहेका छन् ।

दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम अनुसार गोल्डेन भिसा पाउन त्यहाँको रियल स्टेट वा आर्थिक उत्पादन क्षेत्रमा कम्तिमा ५ करोड दक्षिण कोरियाली वन ९करिब ४ करोड ७२ लाख नेपाली रुपैयाँ० लगानी गर्नुपर्छ । सो लगानी गर्नेलाई दक्षिण कोरियाले दीर्घकालीन आवसीय भिसा उपलब्ध गराउने गरेको छ ।

यस्तो भिसा पाउनेले दक्षिण कोरियामा स्वतः स्फूर्त रुपमा आर्थिक गतिविधि गर्न पाउँछन् । यस्तो भिसा पाएको ५ वर्षपछि पनि दक्षिण कोरियामा लगानीलाई निरन्तरता दिएमा लगानीकर्तासहित उनीहरुका श्रिमती तथा अविवाहित छोराछोरीलाई स्थायी बसोबास अनुमतिपत्र दिने प्रावधान छ । स्थायी बसोबास अनुमतिपत्र प्राप्त गरेको ५ वर्षपछि त्यहाँको नागरिकताका लागि आवेदन दिन सकिन्छ ।