डुँगा समुद्रमा डुब्दा ३२ जना सम्पर्क वाहीर

प्रकाशित मिति:

एजेन्सी । कुराकाओ टापु तर्फ गइरहेको एउटा डुँगा समुदमा डुब्दा त्यसमा सवार ३२ जना भेनेजुयाली आप्रवासी हराइरहेको बुधवार एकजना राजनीतिज्ञले बताएका छन् ।

सो समुह शुक्रवार उत्तर पश्चिमी फाल्कोन राज्यको एउटा गाउँबाट स्पिडबोटमा निस्केको र त्यसपछि तिनीहरुको कुन ैअत्तोपत्तो नरहेको तिनीहरुका आफन्तले बताएका छन् । पछिल्ला केहि साता भित्र भेनेजुयलामा भएके यो तेश्रो डुँगा दुर्घटना हो । संयुत्त राष्ट्र संघका अनुसार सन् २०१५ यता करिव चालिस लाख मानिसले भेनेजुयला छाडिसकेका छन् । आर्थिक चपेटाको कारण यसरी तिनीहरु पलायन भएका हुन् ।