राजपाको चेतावनी– सदन छाडेर सडक संघर्षमा उत्रिन नपरोस्

३० जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
41 Shares


काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले संसद छाडेर सरकारविरुद्ध सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । सरकार संविधान संशोधन र कार्यान्वयनमा प्रतिवद्ध नभए आफूहरु सदन छाडेर सडक संघर्षमा जाने कर्णको चेतावनी छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै कर्णले संविधान संसोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी पनि दिए । ‘हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद बाहिर जादाको समयको याद होला तपाईंलाई ? यही ठाउँबाट हामी गएका हौं बाटोमा । फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु,’ कर्णले भने, ‘सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईंहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया