नवलपरासीको रामग्राममा बजाजको पल्सर १५० ट्विन डिस्क बाइकको नयां मोडल सार्वजनिक गरिएको छ । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल ब्राण्ड बजाजले अरनिको सहित आइतबार देशैभरका आफ्नो आधिकारिक सोरुमबाट पल्सर १५० ट्विन डिस्कको नयां मोडल सार्वजनिक गरेको हो ।
रामग्राममा रहेकोे बजाजको आधिकारिक विक्रेता अरनिको ट्रेडिङ प्रा.लि.ले एक कार्यक्रम गरी पल्सर डबल डिस्क मोडलको बाइक सार्वजनिक गरेको हो । एक समारोहका बीच रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुंवरले मोटरसाईकलको सार्वजनिक गर्नुभयो । सो अवसरमा बोल्दै उहांले यस्ता व्यवसायले देशको आर्थिक उन्नतीमा टेवा पुग्ने बताउनुभयो । साथै कुंवरले युवा व्यवसायीले लगानी गरेर काम गरिरहेकोमा खुशि व्यक्त गर्दै अघि बढ्न शुभकामना दिनुभयो ।
कम्पनीको रणनितीबारे प्रष्ट्याउंदै प्रबन्ध निर्देशक सुरज क्षेत्रीले नयां मोडलको मोटरसाईकल आरामदायी र ग्राहकको दैनिक जीवनमा रोमान्चक सुविधा प्रदान गर्ने खालको भएको बताउनुभयो । पल्सर १५० ट्वीन डिस्क ३ रङमा उपलब्ध रहेको छ ।
मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि पल्सर १५० ट्वीन डिस्कको डिजाइन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ मोडलको बाईकले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभूति प्रदान गर्ने र मोटरसाइकल प्रविधि र डिजाईनलाई त्यसरी नै पुन ः परिमाणित गर्ने प्रबन्ध निर्देशक क्षेत्रीको दावी छ ।
कम्पनीको रणनीतिको बारेमा जानकारी दिदै प्रबन्ध निर्देशक क्षत्रिले भन्नुभयोे “यसमा रहेको १५० सिसि डि. टि. एस आई इञ्जिनले दिने १४ पि. एस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक एवं आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्दछ । यसको अतुलिय पावर र माइलेजको उत्कृष्ट समायोजनले यो बजाजका बाइकहरु मध्येमा उत्कृष्ट हो ।
युवा देखि वृद्ध सम्म आरामदायी सवारीको आनन्द लिनका लागि पल्सर १५० ट्विन डिस्क उपयुक्त हुने उत्कृष्ट माइलेज, आधुनिक एवं आकर्षक डिजिटल मिटर, डबल डिस्क ब्रेकिंग क्षमता, आरामदायी सवारीको सुनिश्चतता, लाइटिङ्ग सिस्टम एकनास, सजिलो स्टार्ट, वाइड ट्युबलेस टायरहरु र स्पोर्टीलुक्स यस्को मुख्य विशेषता रहेको छ । तीन रंगमा उपलब्ध यो मोटरसाइकलको मुल्य हाललाई २ लाख ५५ हजार ९ सय रुपैयाँ रहेको छ । केही समय पछि यसको मुल्य फरक हुने कम्पनीले जनाएको छ ।