कसौधन युवा कमिटिको पदस्थापन सम्पन्न

प्रकाशित मिति:

कसौधन युवा कमिटीको पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम भएको छ । कसौधन युवा समितिका निर्वतमान अध्यक्ष विश्वजित कसौधनले हालै निर्वाचित बर्तमान अध्यक्ष धर्मेन्द्र कसौधनलाई पदहस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै कसौधन सेवा समितिका संरक्षक अशोक कुमार कसौधनले विभिन्न धर्म, संस्कृति जातजाति रहेको मुलुकमा सबैले आफ्नो धर्म र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले कसौधन समिति भित्र रहेका सबैलाई आफ्नो धर्म र संस्कृतिको संरक्षणका लागि एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो । युवा समितिका अध्यक्ष धर्मेन्द्र कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा कसौधन सेवा समितिका जेष्ठ नागरिक किशोरचन्द मौसा, सेवा समितिका अध्यक्ष राधेश्याम कसौधन, महिला समितिका अध्यक्ष सितादेवी कसौधन, कसौधन सेवा समितिका पुर्वअध्यक्ष अजय काश्यप, महिला समितिका पुर्व अध्यक्ष पुष्पा कसौधन, कसौधन युवा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधन, सेवा समितिका महासचिव महादेव कसौधन, विजय कसौधन, बसन्त कसौधन, सन्दिप कसौधन लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन राकेश कसौधनले गर्नु भएको थियो । सो अवसरमा कसौधन समुदायबाट चिकित्सा शास्त्र गरेका डाक्टर दिपेन्द्र कसौधन, रिन्कु कसौधन, स्मृति कसौधन र रितेश कसौधनलाई सम्मान समेत गरिएको थियो ।