समाजबदी पार्टी नेपाल प्रदेश नम्बर ५ को आयोजनामा सिरिस मगरको छैठौं दिनको श्रधाञ्जलि सभा सम्पन्न

प्रकाशित मिति:

बर्दघाट- समाजबदी पार्टी नेपाल प्रदेश नम्बर ५ को आयोजनामा समाजवादी पार्टीका प्रदेश ५ सदस्य बर्दघाट २ चिसापानी निवासी यम बहादुर सिरिस मगरको ममतामयी आमा अमृता देवी सिरिस मगरको छैठौं दिनको पुण्य तिथीमा विहिबार उहाकै निवास चिसापानीमा श्रधाञ्जलि सभा सम्पन्न भएको छ । पार्टीका जिल्ला सदस्य गोपाल पाण्डेको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद चिनक कुर्मीको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।

सभामा समाज वादी पार्टी नेपालका केन्द्रिय सदस्य कमल खनाल, यज्ञ पोख्रेल, मुन्ना गुप्ता, पार्टीका प्रदेश नम्बर ५ का प्रदेश सदस्य अमिरुल्लाह मिया, बाबु राम रिजाल, पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, पार्टीका जिल्ला सदस्य जगदिश गुप्ता, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष संन्जय कुमार श्रृवात्सव लगाएत परिवारजनको उपस्थिती रहेको थियो । सभाको संचालन भने समाज वादी पार्टी केन्द्रिय सदस्य लेखक सापकोटाले गर्नुभएको थियो ।