प्रकाण्डलाई थप ३ दिन जेलमा राख्न प्रहरीलाई अनुमति

प्रकाशित मिति:

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
चन्दा असुलीमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई प्रहरीले साउन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पाँच दिनका लागि हिरासतमा राखेको थियो। पाँच दिनको हिरासत समय सकिएपछि प्रहरीले आज जिल्ला अदालत काठमाडौंबाट तीन दिनको आदेश लिएको हो। प्रकाण्डलाई विभिन्न व्यक्तिहरूबाट सात करोड चन्दा असुली गरेको अभियोग लगाइएको छ। उहाले उद्योगपति, व्यवसायीबाट चन्दा असुली गरेको प्रहरीको भनाइ रहेको छ।