शँकरनगर सामुदायीक बनमा गुडिया बनाउने तालिम

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपादिका वडा नं. २ शंकरनगरमा रहेको शँकरनगर सामुदायिक वन उपभोक्ता समूह १–४ ले समूहको बार्षिक कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिम संचालन गरेको छ । तालिमको एक कार्यक्रमका वीच उदघाटन गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत गिरिप्रसाद गैरेले महिलाहरु अहिले पनि घर धन्दामै सीमित हुनुपर्ने बाध्यता र मान्यता रहेको भन्दै यस्ता तालिमले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न टेवा पु¥याउने वताउनु भयो ।

सामुदायिक बनका अध्यक्ष राम गिरीले शँकरनगर सामुदायीक बनमा गुडिया बनाउने तालिम महिलाहरुको क्षमता विकास गर्न र रोजगार प्रदान गर्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सामुदायिक बनले गुडिया बनाउने तालिम संचालन गरेको बताउनु भयो । पुरुषहरुको तुलनामा महिलाहरु हरक्षेत्रमा पछाडी परेकाले उनीहरुको नेतृत्व र क्षमता विकास संगसंगै स्वरोजगार र आत्मनिर्भर वनाउने उद्वेश्यले महिलाहरुलाई लक्षित गरेर सामुदायिक वनले विभिन्न रोजगारमुलक कार्यक्रम संचालन गर्दै आईरहेको र त्यसैको निरन्तरता स्वरुप यो पटक गुडिया बनाउने तालिम संचालन गरेको समूका सचिव ईन्दु थापाले वताउनु भयो ।

समूहका उपाध्यक्ष रबिन्द्र बस्नेतले समूहमा आवद्ध तिलोत्तमा १–४ का महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्वेश्यले विभिन्न आयमुलक तथा रोजगार मुलक कार्यक्रम संचालन गर्दै आईरहेको सामुदायिक वनले यो पटक गुडिया बनाउने तालिम आयोजना गरेको जानकारी गराउनु भयो । प्रशिक्षक सीता ढेंगा मगरले सहजिकरण गरेको तालिममा तिलोत्तमा १–४ का समूहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको छ । बिहिबारदेखि संचालन भएको तालिम असार ७ गते सम्म संचालन हुनेछ ।