कपास तथा सिरक डसना उद्योग व्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलन शुरु

प्रकाशित मिति:

बुटवल -कपास तथा सिरक डसना उद्मोग व्यवसायी संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन बुटवालमा शुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा बातवरण मन्त्री लिला गिरीले सरकारले साना तथा मझौला उद्मोगलाई थप व्यवस्थित बनाउदै लैजाने बताउनु भएको छ । यदी कसैले गैर कानुनी रुपमा उद्मोग धन्दा तथा घुम्ति उद्योग सञ्चालन गरेको भए कानुनी रुपमा दर्ता भएर मात्र सञ्चालन गर्न आग्रह गरे ।

किसानहरुमा कपास खेती गर्ने बातावरण निर्माण गरी स्वदेशी कच्चापदार्थबाट नै तयारी समान उत्पादन गर्नुमा जोड दिन भएको छ । नयां नयां प्रविधिको प्रयोग गरेर आधुनिक स्तरका सामान उत्पादन गर्नुपर्नेमा जोड दिदै उनले न्युनतम नाफा राखेर जनतालाई सर्वसुलभ सेवा दिन उद्योगि व्यवसायीलाई आग्रह गरे । नयां नयां प्रविधिको प्रयोग गरेर आधुनिक स्तरका सामान उत्पादन गर्नुपर्नेमा जोड दिदै उनले न्युनतम नाफा राखेर जनतालाई सर्वसुलभ सेवा दिन उद्योगि व्यवसायीलाई आग्रह गरे । संघकी अध्यक्ष चन्दना कोइराला र महासचिव घनश्याम पौडेलदारा हस्ताक्षरीत प्रतिवेदनमा ले उद्योगको कार्यपत्र प्रस्तुत गर्दै फाटेका र काम नलाग्ने कपडाहरु प्रशोधन गरी सिरक डसना बनाएर जिविकोपार्जन गर्दै आएका उद्योगिहरुलाई राज्यले वेवास्ता गरेको गुनासो गरीएको छ ।

गांउ गांउमा भारतबाट अवैधरुपमा ट्याक्टरमा मेसिन जडान गरी संचालनमा ल्याइएका घुम्ती उघोगलाई कानुनी दायारा ल्याउन पटक ÷पटक नियमन निकायलाई अनुरोध गर्दा पनि कुनै ठोस कदम नचालिदा यसका विरुद्धमा चितवनमा अभियान नै चलाउनु परेको बताइन् । संघले संचालन गरेको अवैधानिक रुपमा ट्याक्टरमा मेसिन जडान गरी घुम्ती उघोगका रुपमा संचालित गैर कानुनी व्यवसाय नियन्त्रण निरुत्साहित संघर्ष इतिहासको सबै भन्दा महत्वपुर्ण काम रहेको भन्दै प्रतिवेदनमा अभियानका क्रममा आफुहरु प्रहरी हिरासतमा समेत पुग्नुपरेको उल्लेख छ ।खाडीमा पुगेका युवाहरुलाई स्वदेश फर्काउने भए कपास तथा सिरक डसना उद्योगलाई राज्यले उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिदै प्रतिवेदनमा उचित वातावरण तयार भए दुई लाख युवालाई रोजगार दिन सकिने जनाइएको छ ।देश रेमिट्यान्सले नभएर स्वदेशी लगानी र उत्पादनले चलाउनु पर्ने जनाउदै प्रतिवेदनमा लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ ।कार्यक्रममा नेकपा प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल,प्रदेशसभा सदस्य रमा अर्याल,नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे,नेकपा नगर अध्यक्ष बाबुराम पन्थी,भरतपूर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरे लगायतले आ आप्नो भनाई राखेका थिए ।
सम्मेलनमा ४० जिल्लाबाट दुई सयबढि प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको संघका महासचिव घनश्याम पौडेलले जानकारी दिए ।