स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति:

चितवन -स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसले ठक्कर दिँदा नवलपुरको गैँडाकोटमा बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा युनिक अमरापुरी बोर्डिङको कक्षा ६ मा अध्ययनरत ११ वर्षीया विनीसा पौडेल रहेकी छन् ।

बालिकालाई गैँडाकोट नगरपालिका १६ मा रहेको युनिक अमरापुरी बोर्डिङको ग १ ख ३६१० नम्बरको स्कुल बसले ठक्कर दिएको थियो । विनिसा स्कुल बिदा भएपछि घर जान गाडी चढ्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ स् १० बजेको समयमा मृत्यु इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।