सुन टल्काइदिने भन्दै ठगी गर्ने २ भारतीय पक्राउ

प्रकाशित मिति:

काठमाडौँ -तामा तथा पित्तलका सामान तथा सुन समेत सफा गर्ने भन्दै ठगी गर्ने २ भारतीय नागरिक धरानवाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार राज्यको कटिहार जिल्ला स्थित नयाँ टोलका पवन कुमार मण्डल र भारत, बिहार राज्य कटिहार जिल्ला, तिनगछियाका दिपक कुमार शाह रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुले धरान १७ की सविना राईको सुनको दुई तोला चार आनाको सुनको सिक्री पनि टल्काई दिन्छौ भनि सुनको सिक्री रसाईन झोलमा डुबाई निकाली ब्रस गरी दिँदा सुनको सिक्री सानो भई चुट्टिए पछि उनकै उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।टल्काइदिने भन्दै रसाइनममा हालेको दुई तोला चार आनाको सुनको सिक्री तत्काल तौल गर्दा १ तोला ७ आना मात्र भएको सिक्रीमा सुन ९ आना घटेको छ, पीडितलाई उधृत गर्दै इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ढुण्डिरान न्यौपानेले जानकारी दिए । उनीनहरुको साथबाट रासाइन, सगै ठगीमा प्रयोगभएका उपकरण समेत प्रहरीले बरामत गरेको छ ।

सुन सगै तामा पित्तलका भाँडा कुडा टल्काउने भन्दै उनीहरुले ठगी गर्ने गरेको सुचनाको आधारमा उनीहरुलाई बुधबार पक्राउ गरी ठगि मुद्दामा कारबाही सुरु गरिएको डिएसपी न्यौपानेले वताए । साथै डिएसपी न्यौपानेले सम्पुर्ण ठगी गर्ने शंकित ब्यक्तिहरु घर गाँउ टोलमा आएमा तत्काल प्रहरीलाई खवर गर्न आग्रह समेत गरेका छन् ।