तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले स्मृति बोर्डिङ् स्कुलका विद्यार्थीहरुलाई स्थानीय सरकारले गर्ने काम, कर्तव्य र अधिकारबारे जानकारी गराउनुभएको छ । आफ्नो सामाजिक शिक्षा विषयको अध्ययन भ्रमणको सिलसिलामा तिलोत्तमा नगर कार्यपालिकामा पुगेका स्मृति बोर्डिङ् स्कुलका कक्षा ९ र १० का विद्यार्थीहरुलाई आफ्नो कार्यकक्षमै सम्बोधन गर्दै नगरप्रमुख घिमिरेले जनतालाई प्रत्यक्ष लाभ हुने र विकास निर्माणका काममा आफूहरु खटिरहेको बताउनुभयो । उहाँले हाल नेपालमा तीन तहको सरकार रहेको जानकारी विद्यार्थीहरुलाई गराउँदै स्थानीय सरकार नै जनताको प्रत्यक्ष र असली सरकार हो भन्नुभयो ।
विद्यार्थीहरुप्रति विशेष मोह राख्दै र उनीहरुका जिज्ञासा मेटाउँदै प्रमुख घिमिरेले तिलोत्तमा नगरलाई सुन्दर, समृद्ध र भ्रष्टाचारमुक्त नगर बनाई नेपालकै नमुना नगर बनाउने लक्ष्य आफूहरुको रहेको बताउनुभएको थियो । विद्यार्थीहरुको जिज्ञासालाई अत्यन्त रुचिपूर्वक लिनुभएका घिमिरेले विद्यार्थीको एक प्रश्नको उत्तरमा बोर्डिङ् स्कुलमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिमा भएको विभेदबारे सम्बन्धित निकायमा कुरा उठाउने पनि बताउनुभयो ।
सो अवसरमा विद्यार्थीहरुले नगर कार्यपालिकाको शिक्षा शाखा, दर्ता शाखा र योजना लगायतका शाखाको अवलोकन पनि गरेका थिए ।
यसअघि तिनपा ३ स्थित वडा कार्यालयमा अध्ययनका लागि पुगेका स्मृति र्बोिर्डङ् विद्यार्थीहरुलाई वडाध्यक्ष टंकप्रसाद तिवारीले वडा कार्यालयबाट उपलब्ध हुने जन्मदर्ता विवाह दर्ता, नागरिकता सिफारिसलगायतका सेवा सुविधाका बारेमा जानकारी दिनुभएको थियो ।