विश्वकप क्रिकेट : वर्षाक कारण भारत र न्युजिल्याण्डको खेल रद्द

प्रकाशित मिति:

एजेन्सी -इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । निरन्तरको वर्षाले दुई टोलीबीचको खेल रद्द भएको हो ।खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम रहेको छ । भारत ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा छ ।

भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ । त्यस्तै न्युजिल्यान्डले आफ्नो पाँचौ खेल असार ४ मा दक्षिण अफ्रिकासँग खेल्ने छ । जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो ।