फ्रान्स पुगेका प्रधानमन्त्री ओलीले विप्लवलाई गोन्जालोसँग तुलना गरेपछी …

प्रकाशित मिति:

फ्रान्स – प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका समकक्षी फिलिप एडुवार्डबीच भेटवार्ता भएको छ। तीन दिने भ्रमणका लागि बुधबार फ्रान्सको पेरिस पगेका प्रधानमन्त्री ओलीले बिहीबार समकक्षी फिलिपसँग भेटवार्ता गरेका हुन्। भेटका अवसरमा दुई देशबीचको आपसी हित र सम्बन्धलाई थप उचाइमा पु¥याउने विषयमा कुरा भएको जनाइएको छ।

प्रधानमन्त्री ओलीले समकक्षी फिलिमालाई राजनीतिक स्थायित्वसँगै नेपालमा लगानीको उचित वातावरण बनेको भन्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले युरोपेली मुलुकहरुमा नेवपाली विमान उड्न नपाउने व्यवस्थाको अन्त्य गर्न माग गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन्। नेपालले फ्रान्सबाट वाइबडी किने पनि त्यही मुलुकमा सो विमान ल्यान्ड गर्न नपाउने व्यवस्थाको अन्त्य गर्न माग गरिएको मन्त्री ज्ञवालीले बताए।

प्रधानमन्त्री ओलीले सरकारले विदेशी लगानीमैत्री नीति बनाएको भन्दै फ्रान्सेली लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गरेर नाफा कमाएर लैजान आग्रह गरेका छन्। फ्रान्सेली उद्योगी र व्यवसायीसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा अहिले लगानीमैत्री वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्नुहोस्, नाफा कमाएर लैजानुहोस्।’

प्रधानमन्त्रीसँगको भेट अघि फ्रान्समा आयोजित नेकपाको प्रवासी संगठन प्रवासी नेपाली मञ्चका कार्यकर्तासँग छलफल समेत गरेका थिए। त्यस्तै परिसमा रहेका नेपाली व्यापारीसँगको अर्को छलफलमा प्रधानमन्त्री ओलीले उनले विप्लव नेतृत्वको नेकपाका कारण नेपालमा कुनै खतरा नरहेको बताए। उनले नेकपाको धेरैजसो कार्यकबर्तालाई सरकारले पक्राउ गरिसकेको र अव खदुइचार जना नेता पक्रेपछि त्यो पार्टी नै समाप्त हुने बताए।

पेरुका नेता गोन्जालोसँग विप्लवको तुलना गर्दै उनले गोन्जालो पक्रेपछि उनको पार्टी समाप्त भएको र अव नेकपाका दुई चार जना नेतालाई पक्रेपछि त्यो पार्टीपनि समाप्त हुने बताए। ‘पेरुमा कुनै दिन गोन्जालो भन्ने नेता थिए। तिनलाई पक्राउ गरेर जेल हालेपछि त्यहाँको कम्युनिस्ट नामको पार्टीनै सक्कियो, विप्लवका पनि घेरैलाई पक्रिसकियो, अव दुईचार जनालाई पक्राउ गरेपछि त्यो पार्टी पनि सकिन्छ’, उनले भने।