पूर्व शिक्षा मन्त्रीको निधनमा शोक प्रस्ताव पारित

३१ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया