ट्रकबाटै ५४ किलो गाँजा बरामद

३१ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
18 Shares


हेटौंडा ।  मकवानपुर प्रहरीले शुक्रबार बिहान करिब पौने ५ बजे एक ट्रकबाट गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुसवाहासहितको टोलीले हेटौंडा– १५ स्थित पूर्वपश्चिम लोकमार्गमा चेक गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ३ ख ५३४० नम्बर ट्रक चेक गर्दा गाँजा फेला परेपछि ट्रकचालक बाराको सिमरा उमनपा–२ बस्ने वर्ष २८ का रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने वर्ष ४४ का सञ्जय महतोलाई पक्राउ गरिएको हो । ट्रकको अगाडिपट्टिको सिलिङमा फल्स बटम बनाएर दुई वटा बोराभित्र २७ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाइ ल्याइएको ५४ किलो गाँजा फेला परेको हुँदा गाँजा, अभियुक्त र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन