लागुपदार्थ दुब्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम (फोटो फीचर)

प्रकाशित मिति:

शनिबार बुटवल जेसीजले स्वस्थ युवा सुखि परिवार मुल नाराका साथ लागुपदार्थ दुब्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाले लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियान सञ्चालन गर्न आफू प्रतिबद्ध भएको जनाएको छ । अन्तराष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा बुटवल जेसिजद्वारा आयोजित लागू औषध दुव्र्यसनि न्युनिकरण सचेतना कार्याक्रममा उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले दुव्र्यसन विरुद्ध अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए । बुटवललाई संस्कारीक नगर बनाउन आफू लागी परेको र त्यसको लागि दुव्र्यसनको काँडा फाल्नुपर्ने मेयर सुवेदीले बताए । वडा पिच्छे नै बजेट छुट्याएर दुव्र्यसन विरुद्ध अघि बढ्ने सुवेदीले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नार्कोन दक्षिण एशियाका प्रमुख बसन्त कुँवरले बुटवललाई लागुपदार्थ दुव्र्यसन न्युनिकरणको लागि आफूले सहयोग गर्न तयार रहेको बताए । दुव्र्यसन विरुद्ध नगरले माष्टर प्लान बनाएर अघि बढे सल्लाहकारको भूमिका निर्वाह गर्न तयार रहेको बताए । कुँवरले ठाउँठाउँमा पोष्टर पम्प्लेट टाँस्न, विद्यालयमा दुव्र्यसन विरुद्धका क्लबहरु गठन गर्न र दबाब समुह बनाएर दुव्र्यसन विरुद्धको अभियान थाल्न आग्रह गरे । उनले मदिरादेखी लिएर गाँजा चरेस र हेरोइनसम्म लागुपदार्थ भएको र यसले स्यमं व्यक्ती मात्र नभई सिंगो समुदायलाई नै असर परेको उल्लेख गरे । कार्यक्रममा बुटवल जेसिजका अध्यक्ष यमप्रसाद तिवारीले सामाजिक विकृती विरुद्ध आफूहरु निरन्तर अघि बढ्ने बताए । 

जेसीज सप्ताह अन्तर्गत यस अघि विभिन्न कलेजमा पुगेर सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको बुटवल जेसिज

का कार्यकारिणि उपाध्यक्ष हरिविक्रम कुँवरले जानकनरि दिनु भयो । कार्यक्रममा नगरका वडाध्यक्षहरु, विभिन्न संघसंगठनका प्रतिनिधि, अभियान्त, तथा किशोर किशोरीहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई छोटो र प्रभावकारी बनाउन नागरिक अगुवा, पत्रकार, राजनैतिक दलका नेता तथा प्रहरी अधिकृतको भनाई भिडियोमा कैद गरेर प्रस्तत गरि नयाँ सन्देश प्रवाह गरिएको जेसीज सप्ताहका मुल संयोजक नरदेव न्यौपानले बताउनु भयो ।कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव चन्द्रमणि भुसाल र नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले गर्नु भएको थियो ।