उर्जामन्त्री र मेरो भ्रामक समाचार बनाएः रवी लामिछाने

प्रकाशित मिति:

काठमाडौं – पत्रकार रवी लामिछानेले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र आफ्नोबारे भ्रामक समाचार बनाइ दुरुपयोग गरेको प्रष्टिकरण दिएका छन् । उनले मिडियाको नामको दुरुपयोग गरी भ्रम र अफवाह फैलाउनेमाथि कानुनी कारवाही सुरु भइसकेको बताएका छन् ।

उनले भने, ‘उहाँबाट त्यस्ता अभिव्यक्तिको सम्भावना नै छैन । मन्त्रीज्यु आफैंलेपनि कहि कतै त्यस्तो अभिव्यक्ति नदिएको कुरा स्पष्ट पार्नु भएको छ भने नयाँ पत्रिकाले त्यस्ता कुनै समाग्री प्रकाशन नगरेको स्पष्ट पारेको छ । यसबाट कोहिपनि भ्रममा नपर्नुहुन म अनुरोध गर्दछु ।’

उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्यतथ्य नबुझी कुनै पनि सामग्रीमाथि समर्थन वा विरोध नगर्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘गलत समाचार प्रवाह गर्नेहरु कसैका मित्र वा शुभचिन्तक होइनन् । ती त यो समाजकै दुश्मन हुन, जो एक अर्कालाई लडाएर भिडाएर मनोरञ्जन लिन्छन् ।’