आउदैनन घर बाउ आमा नमरी, एक बास्तबिक कथा

प्रकाशित मिति:

सुदिप गौतम/ बुटवल –आउदैनन घर बाउ आमा नमरी,यो शब्दले जसलाई पनि भाबुक बनाउछ । पछिल्लो समयमा हरेक युवा युवतीहरुमा विदेश जाने प्रचलनले घरमा भएका बा आमा एक्लै हुने बिरामी भए तातोपानी तताउने मान्छे पनि नहुने अवस्था छ । देशमा राम्रो रोजगारीको अवस्था नहुनाले आज युवाहरु बिदेश जान बाध्य बनेका छन । बा आमालाई भने या पानी पर्दा उता छोरा छोरी रुजेकी जस्तो लाग्ने, अनि आकाशमा जहाज आउदा मेरै छोरा छोरी आएकी जस्तो बा आमालाई लाग्ने गरेको छ ।

यो एउटा समाजमा भएको वास्तविक कहानी हो । जसलाई गितको रुपमा ढालीएको छ । प्रसंग हो रोईला गितका धरोहरको रुपमा चिनिएका लोक गायाक सिरिष देबकोटा र सम्झना भण्डारी ले स्वर बद्ध गर्नुभएको गित” छोरो अमेरिका छ” को गितको हो ।यो गित अत्यान्तै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा बाबुले छोरालाई आमा बिरामी छन आउ भन्दा छोराले कति पैसा पथाईदिम बाउ बन्ने सम्बादले सबैलाई भाबुक बनाउछ । गितमा बिभिन्न देशहरुको दृष्य पनि प्रस्तुत गरिएको छ ।

गितलाई रमेश बि जी ले लेखेका हुन् भने संगीत सिरिष देबकोटाले गरेका छन । पृथ्बी ईन्टरटेन्मेन्ट मार्फत बजारमा ल्याएईएको हो । ऊक्त भिडियोमा सम्भबत लोक दोहोरि ईतिहासमा पहिलो पटक बरिष्ट कलाकार निर शाहले अभिनय गरेका छन । यसका अलावा हिवाला गौतम,श्रीप्रासाद थापा लगायतका कलाकारको अभिनय रहेका छन । भने छायांकन राजेश घिमिरेले गरेका छन । गितमा निर्देशन प्रकास भट्टले गरेका हुन् । गायक शिरीष देबकोटा यतिबेला कतारमा नया परदेशी गितको छायांकनमा व्यस्त छन । कार्यक्रमको सिलसिलामा हाल उनि कतारमा रहेका छन । गितको सफलताको शुभकामना