वालिङमा खानेपानी एक घर, एक धारा अभियान

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल/स्याङ्जा बिहिवार ३० गते देखि भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल जनताको समस्या बुझदै घरदैलोमा छन् । आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा क्षेत्र नम्वर २ का जनताको समस्या बुझ्ने अभियानको थालनी गरेकी मन्त्री अर्यालले सबै भन्दा पहिला आफ्नो जन्मथलो वालिङ नगरपालिकाबाट शुरु गरेकी छन् । मन्त्री अर्याल ३१ गते वालिङ नगरपालिका १ स्थित कृषिको पकेट क्षेत्र मन्साङ्कोट पुगेर जनताको समस्या बुझेकी छन् । खानेपानीबाट बन्चित रहेका मन्साङ्कोटवासी आकाशे पानीको भरमा रहदै आएका थिए ।

मन्त्री अर्यालको गृहवडा भित्र खानेपानीको समस्यामा रहेका मन्साङ्कोटवासीको पहिलो प्रथामिकता खानेपानी माग थियो । वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष केदार काफ्ले सहित जनप्रतिनिधि लिएर मन्साङ्कोट पुगेकी मन्त्री अर्यालले जनताबाट शिक्षा, स्वास्थय, खानेपानी, सडक, रोजगार अवस्था लगायतका विषयमा जनतासगँ चासो राखेकी थिइन् । वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्लेले वडाको समस्याका बारेमा विषय प्रस्तुत गरेका थिए ।

वडामा सबै भन्दा बढी खानेपानीको समस्या रहेको भन्दै मन्त्री अर्याललाई खानेपानी, सडकमा बजेट विनियोजन गर्न काफ्लेले आग्रह गरेका थिए । १४ वडा मध्ये अत्यन्तै सम्भावना बोकेको वाड हो वडा नम्वर १ अध्यक्ष काफ्लेले भने,“मन्त्रीकै गृहवडा भएकाले डिपिआर बनाएर विकास गर्नु आवश्यक छ ।” यसका लागि सबै वडावासीले पनि सहयोगको भावनाले अगाडी बढौ काफ्लेले भने । मन्साङ्कोट लिफटीङ् खानेपानी योजनाका अध्यक्ष लिलाबल्लभ काफ्लेले कृषिको पकेट मानिएपनि खानेपानीका कारण यहाँका जनता आक्रान्त परेको दुखेसो मन्त्री अर्याललाई सुनाए । कृषि पर्यटकीय मात्रै नभएर प्यारागलाईडिङको समेत प्रचुर सम्भावना रहेको, वालिङ नगरपालिकाको दृश्याअवलोकन गर्न सकिने भ्यूप्वाईन्टको रुपमा रहेको मन्साङ्कोटलाई पर्यटनको हब बनाउन सके यहाँका जनताको आर्थिक समृद्धि फेरीने अध्यक्ष काफ्लेले मन्त्री अर्याललाई बिस्तृत चित्रण सुनाए । दुईदिन देखि जनताको घरदैलोमा व्यस्त रहेकी मन्त्री अर्यालले मन्साङ्कोटबासीलाई खानेपानी समस्या समाधान गर्न अर्थमन्त्रालयबाट १ करोडको बजेट विनियोजन भएको जानकारी दिईन् ।सरकार एक घर एक धार अभियानमा लागेको छ मन्त्री अर्यालले भनिन्,“पैसा नभएर खानेपानी अभाव हुदैन, ढुक्क भएर काम गर्नुहोस ।” पानीको मुल नै नभए सोच्ने बिषय हुनेछ नत्र सरकार पैसा विना खानेपानी खानबाट बन्चित हुन पर्दैन मन्त्री अर्यालले भनिन् । मैले देशभरीका जनताको समस्या बुझनु पर्ने मन्त्री भएपनि प्रथामिकतामा वालिङ नगरपालिकालाई एक घर, एक खानेपानीका घारा उपलव्ध गराउने गरी अगाडी बढेको धारणा व्यक्त गरीन् । मन्त्री अर्यालले वालिङ नगरपालिका भित्र संचालन भएका योजनाको अनुगमन गर्दै जनताको धारणा र समस्या बुझ्ने अभियानलाई निरन्तरता दिने बताएकी छन् । कृषि, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाई, खेलुकद, सामुदायीक भवन जस्ता समस्यालाई प्रथामिकतामा राखेर काम गर्ने योजना सहित अगाडी बढेको मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालको शनिवार वालिङका जनप्रतिनिधि, राजनीतिकदल, उद्योगी व्यवसायी, समाजसेवी सबै सगँ अन्तरक्रिया कार्यक्रम रहेको बताइएको छ । समग्र स्याङ्जाको विकास र वालिङ नगरपालिकाको विकासमा अन्तरक्रियाले ठोस उपलव्धी हासिल गर्नेमा विस्वास गरिएको छ ।

थप समाचार