सिप सिकेर व्यवसायी वन्ने महिलाहरुको धोको

प्रकाशित मिति:

बुटवल /घरवारीको काम सकेर दिनभरी अनेकथरीका कुरा गरेर दिन विताउने महिलाहरु पछिल्लो समय सिप सिकेर सफल व्यवसायी वन्ने धोको पुरा गर्न हिजोआज बुटवल उप–महानगरपालिका वडा नं.१० स्थित रहेको समाजिक भवनमा जम्मा हुने गरेका छन् ।

घरवार चलाउन एउटा पुरुषले मात्रै श्रम गर्नुपर्छ भन्ने संकुचित सोचलाई चिर्दै हिजोआज महिलाहरु सशक्तिकरणको वाटोमा लाग्ने गरेको पाईएको छ । सिप सिकेर स्वरोजगार वन्न उमेर वाधक नवन्ने उक्त भवनमा सहभागी महिलाहरुको जमातलाई हेर्दा स्पष्ट हुने गरेको छ ।घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही द्धारा सञ्चालित वेतवाँस सम्वन्धि वेतवाँस जन्य हस्तकला फर्निचर उत्पादन तालिम लिदै गरेका सहभागीहरुले तालिम महिलाहरुका लागि अति आवश्यक सरल तरिकाको रहेको भन्दै घरमा वसी उक्त वेतवाँस जन्य सामाग्री सजिलै उत्पादन गर्न सकिने वताएका छन् ।

अन्य तालिम भन्दा वेतवाँस तालिम फरक रहेको र तालिममा सिकिएको ज्ञानलाई सजिलै व्यवसायिक रुपमा व्यवहारमा उतार्न सकिने वताईएको छ । बुटवल उप–महानगरपालिका वडा नं. १० को कार्यालयको समायोजन तथा अम्विकेश्वरी वेतवाँस फर्निचर उद्योग बुटवलको प्रशिक्षणमा सञ्चालन भैरहेको १५ दिने वेतवाँस जन्य सामाग्री उत्पादन तालिममा वडा नं. १० का स्थानिय १४ जना महिलाहरुको सहभागिता रहेको छ ।यही जेठ २६ गते देखि सञ्चालन भएको तालिम असार ८ गते समापन हुने साना तथा घरेलु उद्योग कार्यालय रुपन्देहीले जनाएको छ ।