कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ जना पक्राउ

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका हुन् ।

पछिल्लो समयमा सैनामैना, बुटवल सहित बिभिन्न स्थानमा चोरी र लुटपाटमा सम्लग्न भएको आशंकामा उनिहरुलाई विहीबार राति ११ बजे इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा वर्ष २० का सुरज दर्जी, वर्ष २० कै अर्जुन मुसहर र वर्ष २२ का मनिस परियार रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।पक्राउ पर्ने तीनैजना सैनामैना नगरपालिका वडा न ६ का स्थानीय हुन् ।सुरज दर्जी र मानिस परियार यसअघि पनि बारम्बार बिभिन्न चोरी र लागूऔषध कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।