दुखद खबर ,नारायणी नदिमा २१ बर्षिया युवतीले हाम्फालिन्

३१ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
85 Shares


काठमाडौं /दाजुको स्कुटर पछाडि बसेर आएकी एक युवती स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी छिन् । युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताए । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् ।

पुलमा सवारी चापका कारण केही भीडभाड भएका बेला उनी स्कुटरबाट झरेर नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।उनी के कारणले यसरी हामफालीन केही खुलेको छैन ।उनीहरु दुई जना मावली घर रजहरबाट फर्किदै थिए । नदीमा हराएकी युवतीको खोजी भइरहेको छ । सापकोटा गत फागुनमा मात्रै विहे गरेर चितवन आएकी थिइन् । उनको माइत कञ्चनपुरको महेन्द्रनगर हो । उनी के कारणले यसरी हामफालीन केही खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया