दुखद खबर ,दाङमा यात्रुबहाक जीप दुर्घटना, १२ जना घाइते

३१ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
194 Shares


दाङ / तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको जिप दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका छन् । उनलाई टाउकोमा चोट लागेको छ ।

त्यस्तै अन्य घाइतेहरुमा सोही ठाउँका पुर्णकली राना, अनिता राना, खुमा वल, संजय नेपाली, मन्तरी सोमैर, भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका वली र आयुशा दर्लामी घाइते भएको चिराघाट प्रहरी चौकीले जानाकरी दिएको छ ।

घाइते सबैलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । तुलसीपुर बाट खिलतपुर तर्फ जादै गरेको लु १ ज ११९१ नम्बर यात्रुबहाक जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले बताएको छ । जीपमा कुल १५ यात्रु सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।चालक शान्तिनगर १ का २३ बर्षीय काराम खत्रीको अवस्था पनि सामान्य रहेको र उनी प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न