अमेरिकी नागरिक पक्राउ

३२ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
23 Shares


काठमाडौँ -पाँच किलो चरेशसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।प्रहरीले दिएको जानकारी अनुसार नेपालको विमानस्थलबाट बैंकक हुँदै अमेरिका जाने क्रममा रहेका अमेरिकी नागरिक विलियम हेरोन केमेरोन चरेशसहत पक्राउ परेका हुन् ।

उनको साथबाट चार किलो सात सय ९९ ग्राम बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया