भूकम्प आउँछ भनेर अफवाह फैलाउने अर्जुन क्षेत्री रिहा

प्रकाशित मिति:

काठमाडौँ /देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो ।

क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना ९अफवाह० फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।