लोकसेवामा १ लाख २२ हजारको आवेदन

प्रकाशित मिति:

काठमाडौँ /लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ । आयोगका अनुसार शुक्रबार सम्ममा १ लाख २१ हजार ७४८ जनाको आवेदन परेको हो ।आयोगका अनुसार खुलातर्फ १ लाख २० हजार ३५७ महिलामा ३० हजार १४६, जनजातितर्फ १४ हजार ११६, मधेसीतर्फ ६ हजार ९२७, दलितमा ८ सय ६७, अपांगमा ५६ र पिछडिएका क्षेत्रतर्फ ३८ जनाको आवेदन दर्ता भएको छ । आवेदन वापत २ करोड १९ लाख ८४ हजार ६ सय राजस्व संकलन भईसकेको आयोगले जानकारी दिएको छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि अन्यौलताको स्थितिमा समेत आवेदन आउने क्रम रोकिएको छैन । विहिवार सम्म अनुसार १ लाख ५ हजारको हाराहारीमा आवेदन परेको थियो । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।