दु:खद खबर : सिमेन्ट उद्योगले लियो तीन मजदुरको ज्यान

प्रकाशित मिति:

दाङ – दाङमा शनिबार बिहानै सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा बिहान २ बजेतिर  छैटौँ तलाको सट्रिङ भत्किँदा तीन मजदुरको मृत्यु भएको हो।

घटनामा भारत झारखण्ड घर भएका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्। जसमध्ये दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ।