दुखद खबर, ट्याक्सी दुर्घटना हुदा एक जनाको ज्यान गयो

प्रकाशित मिति:

बागलुङ/बागलुङमा ट्याक्सी दुर्घटनामा परेर एकको मृत्यु भएको छ । जिललाको गलकोट नगरपालिकाको हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना भएको हो गएराति १० बजे ध १ ज ५१३ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु भएको हो भने अन्य २ जना घाइते भएका छन् ।

नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की घाइते अवस्थामा रहेको र मणिपाल शिक्षण अस्पतालमा उनीहरुको उपचार जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो।