सैनामैनामा बाजार अनुगमन, एक महिना अगावै उत्पादान मिति लेखिएको खद्यापदार्थ भेटियो

प्रकाशित मिति:

सैनामैना/सैनामैना नगरपालिकाले सैनामैना नगरपालिकामा रहेका विभिन्न उपाभोग्य सामाग्रीहरुको बाजार अनुगमन गरेको छ । विक्रेताले बिकी्र गर्ने बस्तु तथा उपाभोक्तहरुले गुणस्तरिय बस्तु उपाभोग–खरिद गर्ने तथा सचेतनानका लागि बाजार अनुगमन गरिएको हो । सैनामैनाको मुख्य बाजार रानिबगिया, मुर्गिया, कलौनी, बाँसगढी, सालझण्डीमा बाजार अनुगमन गरिएको थियो ।

बाजार अनुगमनका क्रममा म्याद नघेका विभिन्न पेय पादार्थ, खाद्यन्न बस्तु, भेटिएको थियो भने अनुगमनको क्रममा बुटलबाटबाट उत्पादन भएको मिलानो ब्रन्डको स्टिम चाउचाउ एक महिना अगावै उत्पादान मिति लेखिएको लगाएतका खद्यापदार्थ फेला परेको छ । बाजार अनुगमनका क्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नरपालिका भित्र ब्यवसयीहरुले ब्यवासय गर्दा इमान्दार तथा उपाभोक्ताहरु समान खरिद गर्दा सजग भएर समान खरिद गर्न अनुरोध गर्नु भयो ।

मानव स्वास्थ्य महत्वपुर्ण भएकोले ब्यवसयीहरु ब्यापार गर्दा गुणस्तरमा ध्यान दिन अनुरोध गर्दै नगर प्रमुख कार्कीले नगरभित्र अस्तब्यस्त बजारलाई चरणबद्ध तरिकाले ब्यवस्थित गरिने बताउनु भयो । उहांले बजारको सुधारका लागि अवसर दिने, नीति नियम बुझाउँने र कडाईका साथ प्रभावकारी अनुगमन गरिने समेत बताउनु भयो । सैनामैना नगरपालिकामा रहेका ब्यवासयीक प्रतिष्ठानहरुको वार्षिक कार्ययोजना बनाई सामुदायिक स्वास्थ्यका लागि बजार अनुगमन गरिने सैनामैना नगरपालिकाकी उपाप्रमुख विना रानाले बताउनु भयो । नगरपालिकाले समय समयमा बजार अनुगमन गरेको बताउदै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भडारीले अखाद्यबस्तुहरु लुकाई छिपाई बेच्ने कार्य रोक्नुपर्ने र यसका लागि नगरपालिकाले योजनाबद्ध तरिकाले अनुगमन गर्ने बताउनुभयो । बजार अनुगमन निर्दे्शिका २०७४ जारी भएको बताउँदै वडा स्तरबाट नै अनुगमन गरीने प्रशासकिय अधिकृत भण्डारीले बताउँनु भयो । अनुगमनमा सैनामैना नगपालिकाका नगर प्रमुख, उपाप्रमुख, प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारी, वणिज्य संघ भैरहवा, इलाका प्रशासन कार्यालय बुटवल, सैनामैना उधोग बाण्ज्यि संघ,सैनामैना ब्यापार संघ , उपभोक्तहित संरक्षण मंचका सैनामैना , जनप्रतिनिधि ,सुरक्षकर्मी, कर्मचारी, पत्रकारलगाएतको उपास्थिति रहेको थियो । म्याद नघेका तथा बजार अनुगमनमा भेटिएको अखद्यपदार्थहरु नष्ट गरिएको थियो ।