गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्धारा कोलम्बियाका उद्योगपतिसँग भेटवार्ता

प्रकाशित मिति:

अमेरिका । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोलम्बियाका उद्योगपतिसँग भेटवार्ता गरेको छ । कोलम्बियाको क्याली औधोगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएका उद्योगपतिसँग बिहिबार न्यूयोर्क सिटीमा फाउण्डेशनका प्रतिनिधीसँग भेटवार्ता गरेका हुन् ।  न्यूयोर्क सिटीका मेयर बेल दे ब्लाजिओसँग भेटघाटका क्रममा न्यूयोर्क आएका प्रतिनिधीलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले भेटवार्ता गर्नुभयो ।

भेटका क्रममा आगामी दिनमा नेपाल र कोलम्बियाबीच उद्योगको विकास र सांस्कृतिक आदानप्रदानको बारेमा छलफल भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।  भेटघाटमा १६ उद्योगपतिको सहभागिता रहेको थियो । भेटमा अधिकाशं महिला उद्योगपतिको सहभागिता रहेको फाउण्डेशन अमेरिकाले जनाएको छ । फाउण्डेशनले नेपालको विकासका लागि अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष घिमिरेले बताउनुभयो ।