जनकल्याणद्धारा वार्षिक कार्यक्रमको समिक्षा

प्रकाशित मिति:

शान्ति तिवारी नवलपरासी /जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज एक कार्यक्रमका बिच चालु आर्थिक वर्षको कार्यक्रम समिक्षा गरेको छ । साकोसका व्यवस्थापक यमलाल खरेलले चालु आर्थिक वर्षमा भएका विभिन्न कार्यक्रमहरुको प्रस्तुत गर्दै सस्थाले हासिल गरेको उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो ।

साकोस पछिल्लो समय प्रोवेसन कार्यक्रममा अगाडि बढिरहेको समयमा प्रोवेसन कार्यक्रमका संयोजक बालिन्द्र विक्रम शाहीले प्रोवेसन कार्यक्रमको आधारभुत मापदण्ड प्रस्तुत गर्नु भयो । सस्थाको हालको अवस्था र प्रोबेसन कार्यक्रमको आधारभुत विषयमा छलफल गर्दै चालु आर्थिक वर्षका कार्यक्रमहरुको उपलब्धीहरुलाई प्रोवेशन कार्यक्रम अनुसार तुलनात्मक छलफल गरीएको छ ।

सस्थाका कोषाध्यक्ष बिमल चन्द्र घिमिरेले आगामी आर्थिक वर्ष २०६७र७७ को लागी प्रस्तावित बजेट र वार्षिक निति तथा कार्यक्रम प्रस्त’त गर्दै छलफल गरीएको छ । सञ्चालक समिति, लेखा समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको उपस्थीति रहेको कार्यक्रममा सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापाले गर्नु भएको थियो ।