जनकल्याणद्धारा वार्षिक कार्यक्रमको समिक्षा

३२ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
1 Shares


शान्ति तिवारी  नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज एक कार्यक्रमका बिच चालु आर्थिक वर्षको कार्यक्रम समिक्षा गरेको छ । साकोसका व्यवस्थापक यमलाल खरेलले चालु आर्थिक वर्षमा भएका विभिन्न कार्यक्रमहरुको प्रस्तुत गर्दै सस्थाले हासिल गरेको उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो ।

साकोस पछिल्लो समय प्रोवेसन कार्यक्रममा अगाडि बढिरहेको समयमा प्रोवेसन कार्यक्रमका संयोजक बालिन्द्र विक्रम शाहीले प्रोवेसन कार्यक्रमको आधारभुत मापदण्ड प्रस्तुत गर्नु भयो । सस्थाको हालको अवस्था र प्रोबेसन कार्यक्रमको आधारभुत विषयमा छलफल गर्दै चालु आर्थिक वर्षका कार्यक्रमहरुको उपलब्धीहरुलाई प्रोवेशन कार्यक्रम अनुसार तुलनात्मक छलफल गरीएको छ ।

सस्थाका कोषाध्यक्ष बिमल चन्द्र घिमिरेले आगामी आर्थिक वर्ष २०६७र७७ को लागी प्रस्तावित बजेट र वार्षिक निति तथा कार्यक्रम प्रस्त’त गर्दै छलफल गरीएको छ । सञ्चालक समिति, लेखा समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको उपस्थीति रहेको कार्यक्रममा सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापाले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर गुल्मीका महेन्द्र घाइते
  • गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा छानबिन गर्न माग
  • मगर दिवसमा सार्वजनिक बिदा
  • ज्ञानेन्द्र शाही पनि मिसिए रमेश खरेलको ‘हाम्रो नेपाल, हामी नेपाली’…
  • बाबुराम भट्टराई भन्छन – ‘म लगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति…
  • अर्थमन्त्री पक्का बाहिरिने
  • पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह
  • खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद
  • राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
  • कोरोनाभाइरस मार्न भन्दै चीन गएकी राखी सावन्त ‘प्रभू’को शरणमा पुगेपछि…{भिडियो…